Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चोरीका दुई मोटरसाइकल पालुङ प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय पालुङले मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर ७ गैरीगाउँबाट चोरीका दुईवटा मोटरसाइकल जफत गरेको छ  । गैरीगाउँ सडक खण्डमा ईलाका प्रहरी कार्यालय पालुङ्गबाट खटि गएको प्रहरी टोलीले सावरी साधन चेक जाँच गर्ने क्रममा पकनेतर्फ बाट डाँडाबास तर्फ आउन लागेको सेतो र निलो रंगको दुई वटा मोटरसाइकल पक्राउ गरेको हो । सवारी साधन चेक जाँच गर्ने प्रहरीलाई देखेपछि मोटरसाइकल फाली भाग्ने क्रममा चोरीमा संलग्न मध्ये सिंह बहादुर मोतmानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल छोडी भाग्नेहरु मकवानपुर कैलाश गाउँपालिका वडा नं.७ बस्ने अन्दाजी २० वर्षका बिजय मोतmान र सोही सथान बस्ने अन्दाजी २२ वर्षका बिर सिंह मोतmान रहेको पक्राउ परेका मोक्तानले जानकारी दिएको पालुङ प्रहरीले जनाएको छ । बरामद गरिएको मोटरसाइकल र पक्राउ परेका व्यक्ति अहिले इलाका प्रहरी कार्यालय पालुङमा राखिएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विरेन्द्र पासवानले जानकारी दिए ।

बरामद भएको मोटर साईकल महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथ काठमाण्डौका अन्ुसार निलो रंगको अपाच्चे धादिङ्ग गल्छी गाउँपालिका वडा नं.१ बस्ने आयस ठकुरीको नाममा रही कलंकीबाट २०७४ कार्तिक २५ गते हराएको र सेतो रंगको बा ४२ प ९४०७ नम्बरको अपाच्चे मोटरसाइकल काठमाण्डौ महानगरपालिका वडा नम्बर २१ बस्ने शरण पौडेलको नाममा रहेको र उक्त मोटरसाइकल २०७४ कार्तिक २९ गते टेकूबाट हराएको थियो । उनीहरुले मोटरसाइकल खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएका थिए । 

प्रहरी नियन्त्रणमा रहेका मोक्तान र दुबै मोटरसाइकल आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत कालीमाटी, काठमाण्डौमा पठाईने पालुङ प्रहरी प्रमुख पासवानले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०