Thursday, 20th August, 2026
वि.स.

चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपतिद्वारा जारी

rastrapati_1-1510300956.jpg

राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश–२०७४ जारी गरेकी छन् । मन्त्रिपरिषदको ६ असोजको बैठकले चिकित्सा शिक्षा अध्यादेश पारित गरी जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयले २४ कात्तिकमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम चिकित्सा शिक्षा अध्यादेश जारी गरेको जनाएको छ । माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन डा. गोविन्द केसीले लामो संघर्ष गरे पनि दलहरुबीच सहमति नहुँदा विधेयक संसदबाट पारित हुन सकेको थिएन ।

संसदबाट पारित नभएपछि सरकारले उक्त विधेयकलाई अध्यादेशमार्फत जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । 
अब उक्त अध्यादेशलाई नयाँ बन्ने संसदले ६ महीनाभित्र पारित गर्नुपर्ने छ ।

-हिमालबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif