Wednesday, 1st July, 2026
वि.स.

घर निर्माणबारे समुुदायलाई अभिमुुखीकरण 


मकवानपुुरको विभिन्न ८ वटा गाविसमा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माणका विषयमा समुुदाय अभिमुुखीकरण सुरु गरिएको छ । राडो नेपालको सहजीकरणमा टियरफण्डको आर्थिक सहयोगमा समुुदायका नागरिकलाई भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण  गर्न प्रेरित गर्ने उद्घेश्यले अभिमुुखीकरण थालिएको हो । 

मकवानपुुरको कोगटे, बुुढिचौर, इपापञ्चकन्या, सिस्नेरी, मकवानपुुरगढी, सुुकौरा, बुुढिचौर, इपापञ्चकन्या, बेतिनी र मन्थलीमा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण सम्बन्धि विविध जानकारी प्रदान गरिने कार्यक्रमका समुदाय परिचालन अधिकृत शिव चौलागाईले जानकारी दिनुुभयो । कार्यक्रममा राडो तथा टियरफण्डका इञ्जिनियरहरुले भूकम्प प्रतिरोधि नमूूना घर निर्माण गर्ने तरिका, भूूकम्प प्रतिरोधि घर बनाउन ध्यान दिनुुपर्ने विभिन्न विषयमा समुुदायका नागरिकलाई प्रशिक्षण प्रदान गरिरहेका छन् । राडोले विनासकारी भूूकम्पले घर पूूर्ण रुपमा क्षति भएका मकवानपुुरका आठ गाविसका हरेक वडामा एक एक वटा दुुई कोठे भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण समेत गरिरहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद धितालले जानकारी दिनुुभयो । 
राडोका सूूचना व्यवस्थापन अधिकारी विष्णुु धितालका अनुुसार संस्थाले मकवानपुुरको आग्रा र टिष्टुुङ  गाविसमा यस अघि नै ३८ वटा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण गरिसकेको छ । ति गाविसका ५८८ भूूकम्पका लाभग्राहीलाई घर निर्माणका लागि २ लाख ५० हजार रुपिया अनुुदान समेत उपलब्ध गराएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०