Wednesday, 1st July, 2026
वि.स.

थाहामा ७ दिने शहरी डकर्मी तालिम कार्यक्रम सम्पन्न

33875328_2062768633943632-1527745536.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सञ्चालित ७ दिने शहरी डकर्मी तालिम कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्रधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ९भवन० को आयोजनामा सञ्चालन भएको तालिममा बिभिन्न ३ स्थानका ९० जना कालिगढहरुले तालिम लिएकाछन् । थाहा नगरपालिकाको वडा नं ३ को पालुङ, वडा नं ४ को शिखरकोट र ११ र १२ को लागि टिस्टुङमा गरी बिभिन्न ३ स्थानका कालिगढहरुको लागि भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धि ७ दिने तालिम सञ्चालन भएको थियो।३ स्थानहरु मध्ये थाहा नगरपालिका वडा नं ११ र १२ को टिस्टुङमा यहि जेठ ६ गते देखि १२ गते सम्म, वडा नं ३ मा जेठ ८ गते देखि १४ गते सम्म तालिम सञ्चालन भै सम्पन्न भएको थियो भने वडा नं ४ मा जेठ १० गते देखि सञ्चालन भै १६ गते बुधबार सम्पन्न भएको हो ।
तालिम पश्चात प्रतिक्रिया जनाउदै वडा नं ४ बिकासघरमा सञ्चालित तालिमका महिला सहभागीहरुमा नानुपन्त भन्छिन्–“पढे लेखेको भए अझै बुझ्न सहज हुन्थ्यो र पनि बलियो घर बनाउने बिभिन्न तरिकाहरुको बारेमा जानकारी भयो खुशी लागेको छ ।”


अर्की महिला भावना कार्की भन्छिन्–“ अझै अरु तालिमहरु प्नि भयो भने हामी डकर्मी तालिममा सहजै लाग्न सक्छौ तर यति मात्रले पर्याप्त भने छैन । तर पनि १÷२ जना पुरुषहरुको साथमा रहेर काम गर्ने हो भने सिक्दै काम गर्न ससिजलो हुन्छ ।” यस्तै अर्की महिला सरु तामाङ भने ६÷७ महिला पहिले देखिनै डकर्मीको काम तथा लेबरको काम गर्ने भए पनि तलिमबाट केही थप तरिकाहरु सिकिएको बताउँदै भन्छिन्– “केता मान्छेहरु सरह नै काम गर्न सक्छ कीरु भन्ने आशाले मात्र थप ज्ञान आर्जन गर्न तालिममा आएकी हुँ, तालिम र गरिरहेको काममा खासै भिन्नता भने छैन ।”


आफुहरु महिलाले केही गर्न सकिदैन भन्ने मानिसको मानसिकतालाई तोड्नको लागि डकर्मी तालिममा आएको थाहा नगरपालिका ३ पालुङमा सञ्चालन भएको तालिमका महिला डकर्मीहरुले बताए । आफ्नो घर निर्माण गर्न र अरुको घर, भवन निर्माणमा समेत सहज हुने र कस्तो प्रक्रिया अपनाएमा भुकम्प प्रतिरोधी घर बनाउन सकिन्छ भन्नेबारे जानकारी भयो भने बलियो घर बनाउन सकिन्छ भनेर तालिममा आएको थाहा नगरपालिका वडा नं ३ का महिला सिता बिष्टले बताइन । उनीहरुका अनुसार गर्यो भने जे पनि गर्न सक्छ महिलाले भन्ने धारणको बिकास गर्ने उदेश्यले आफुहरु संकुचित मानसिकता हटाउदै तालिममा आएको र तालिम निक्कै नै प्रभावकारी भएको बताएका छन । 

बिभिन्न ३ स्थानमा भएको तालिममा ईन्जिनियरहरु रविन पाठक, लक्ष्मण ढकाल, रोनित स्थापित, दयानन्द शाह, रोशन राजगिरी, सहायक ईन्जिनियर नर बहादुर भारती, सुनिल कुमार थापा, संजिव सापकोटा लगायतले तालिम प्रशिक्षण गराएका थिए ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।