nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कान्छिमाया भन्छिन्, ‘मेरो घर अब भत्किँदैन !’ 

kanchhimaya-(1)-1485260130.jpg

मकवानपुर /श्रीमान् बितेको सात वर्ष भयो । आफ्नो नाममा एक टुक्रा पनि जग्गा छैन । माइलो दाईको जग्गा कमाएर बसेकी उनको विहान बेलुका टाउको लुकाउने एउटा घर थियो । विनासकारी भूकम्पले भत्काइदिएपछि सोचिन् ‘श्रीमान् भइदिएको भए मेलापात गएर कमाएको पैसाले भत्किएको घर उठाउथे । ’घर भत्किएपछिको घामपानी अस्थायी टहराले छेकेपनि मकवानपुर सुकौरा ७, भीमसेन डाँडाकी ३६ वर्षिया कान्छिमाया मुक्तानको जीवनमा अभाव र दु ःख छेकिएन ।
दु:खका बेला आफ्ना कोही हुन्नन् भन्ने लागेको थियो कान्छीमायालाई । तर नाम राडो– टियरफण्डको सहयोगमा बनाइने घरका लागि गाउँ स्तरिय वडा नागरिक मञ्चले उनको नाम छनौट गरेपछि उनको खुसीको सीमा रहेन । ‘ दु:खको बेला आफ्नै गाउँका दाजुभाई काम लाग्दा रहेछन् । ’ उनी भन्छिन्, ‘सहयोग गर्छु भनि गाउँमा आउँने दातालाई मेरो घरको बाटो देखाईदिने असल छिमेकी नभइदिएको भए आज मेरो घर निर्माण सुरु हुदैन थियो । ’ टियरफण्डको आर्थिक सहयोगमा राडो नेपालले सुकौराको ७ नम्बर वडामा उनलाई भूकम्प प्रतिरोधि नमूना घर निर्माण गरिरहेको छ । विनासकारी भूकम्पले आफू बसोबास गर्दै आएको घर भत्काएपनि अहिले नयाँ घर आफ्नो लागि बन्दै गर्दा आफू खुुसी रहेको उनको भनाई छ । भन्छिन्,‘ पहिलेको घर भूूकम्प प्रतिरोधि थिएन भत्कियो, अबको घर जगैदेखि बलियो गरेर बनाइदै छ । बाँचुुञ्जले केही हुुन्न जस्तो लागेको छ ।’ अहिले बनिरहेको घरको जग, डिपीसी, शिल्ड, स्टिच, लिन्टेल लगायत तह राम्ररी हेरेकी उनलाई यसरी घर निर्माण गर्दा कहिल्दै भत्किदैन भन्ने लाग्छ । ‘ घर बनाउँदा धेरै कुरामा ध्यान दिनुुपर्ने रहेछ । ’ उनी भन्छिन्, ‘साधारण ढुङ्गामाटोको घर पनि भूकम्प प्रतिरोधि हुँदो रहेछ भन्ने कुरा बन्दै गरेको आफ्नै घर हेरेर थाहा पाएँ ।’ 
        एक कक्षा पनि अध्ययन नगरेकी कान्छीमायाको घर सुख दु:खले चलेको छ । कमाईएको दाईको जग्गाबाट आउने अन्नपातले जेनतेन उनको घर चलेको छ । एकल महिला कान्छीमायासंग कान्छी ज्वाँई र छोरी पनि बस्दै आइरहेका छन् । १८ वर्षिया उनकी कान्छी छोरी विमलाले पनि पढेकी छैनन् भने २० वर्षिय ज्वाँई रमेश भुुलुनले ३ कक्षासम्म अध्ययन गरेका छन् । साथै ज्वाँईछोरीको एक वर्षिय छोरा समिर पनि कान्छीमायाकै घरमा आश्रय लिइरहेका छन् । गरिबीका कारण छोरीलाई पढाउन नसकिएको र कलिलै उमेरमा विवाह गर्न बाध्य हुनुपरेको दुुःखसो कान्छीमाया गर्छिन् । ‘आमाबाबुलाई सन्तानको भविष्य राम्रो होस् चाहना नहुुने कुरै हुुन्न तर के गर्नु गरिबीले सबै रहर छाँयामा पा¥यो । ’ सानोमा आफूले नपढ्नाले दुुःख पाएपछि सन्तानको शिक्षादिक्षामा ध्यान गएन भनेर प्रश्न गर्दा उनी प्रतिप्रश्न गर्छिन्, ‘गाउँघरमा मेलापात गएर विहान बेलुकाको छाक टार्नुपर्ने नियति भएपछि बालबच्चा पढाउँन कसरी सक्नु ?’
दाईको जग्गामा अधियामा खेतीपाती लगाउनुुका अलावा उनले केही बाख्रा पनि पालेकी छिन् । सिजनमा बेच्न सके त्यसबाट आउने रुपियाले घर चलाउन सहज हुने उनी बताउँछिन् । आर्थिक अभावमा दैनिकी चलाइरहेकी कान्छीमायालाई अहिले बनिरहेको घर जीवनको सबैभन्दा ठूूलो उपलब्धि नै हो भन्ने लागेको छ । 
कान्छीमाया जस्ता घर सहयोग पाउनेमा मकवानपुुरगढी, सुकौरा, बुढिचौर, इपापञ्चकन्या, कोगटे, सिस्नेरी, मन्थली र बेतिनीमा गरी ७० परिवार छन् । आर्थिक रुपमा विपन्नता भएका घरधनीलाई घर सहयोग गर्नका लागि गाविसस्तरिय स्थानीय विपद् व्यवस्थापन समितीले निर्णय गरेको थियो । ७० मध्ये अधिकांश घर निर्माण कार्य अन्तिम चरणमा पुगेको र बाँकीमा काम धमाधम भइरहेको राडो नेपालका अध्यक्ष कृष्ण धिताल बताउँछन् । राडोले टियरफण्डको सहयोगमा मकवानपुरको आग्रा र टिष्टुुङमा ३९ वटा भूकम्प प्रतिरोधि नमूना घर तथा २ लाख ५० हजार अनुदानमा ६ सय वटा घर निर्माण गरिरहेको संस्थाका सूचना व्यवस्थापन अधिकृत विष्णु धितालले बताउँछन् । 
भूकम्प प्रतिरोधि घरसंगै ट्वाइलेट, सुधारिएको चुल्हो, अर्थिङ, सोलार, गटरपाइप समेत समेत गरिएको कार्यक्रमका प्राविधिक संयोजक दिवस खनालले जानकारी दिए । उनी भन्छन्, ‘घरधनीलाई घरसंगै सहयोग गरिएको अन्य सुविधाले घर आकर्षक देखिनुका साथै सुरक्षा समेत प्रदान गर्दछ । ’ 

शिव चौलागाईं 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg