nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

‘मापदण्ड विपरित बनेका घरले दोस्रो किस्ता पाउँदैनन्’

मापदण्ड विपरित निर्माण भएका भवनहरुका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले दोस्रो किस्ता अनुदान कुनै पनि हालतमा निकासा नगर्ने भएको   छ । थाहा नगरपालिकामा १३ फागुनमा नगरस्तरीय पुर्ननिर्माण समन्वय समितिसंगको छलफल कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका योजना तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले यस्तो बताएका हुन् । भूकम्प पश्चात् हतारमा निर्माण भएका भवनहरुले दोस्रो किस्ता पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासामा न्यौपानेले भने–‘मापदण्ड नपुगे पैसा पाइदैन ।’ त्रिभूवन राजपथ आसपासका २५ मीटरको क्षेत्रमा बनेका संरचना समेत सडक विभागले भत्काइरहेको सन्दर्भमा त्यसै क्षेत्रमा पुर्ननिर्माणको चरणमा बन्ने घर बनाउनु नियम संगत नहुने उनको भनाई थियो ।  ऐलानी जग्गामा घर निर्माणका लागि सरकारबाट कुनै पनि निर्देशन नभएकोले सम्झौता समेत नहुने अधिकृत न्यौपानेले बताए । ‘कुनै न कुनै बेला सरकारले ऐलानी जग्गामा बसेकालाई सम्बधोन गर्ला तर अहिले स्थानीय निकायबाट कुनैपनि प्रक्रिया अघि बढाउन सकिदैन’– न्यौपानेले भने । 

कानूनी रुपमा वैशाख १२ अघि छुट्टिएर एकैघरमा बसेरका तर ए छेउको पूर्ण क्षति र अर्को छेउको नाम छुट भएमा गुनासो दर्ता गरी सरकारको सुविधा लिन सकने बाटो रहेको न्यौपानेले बताए । सरकारले नाबालक र एकल महिला मात्र भएका लाभग्राहीका लागि सरकारले तत्काल कुनै नयाँ कार्यक्रम ल्याइ नसको बताए । न्यौपानेले दोहो¥याउँदै भने–‘नगरपालिकाको होस् या पुर्ननिर्माणको मापदण्ड, त्यही अनुसार घर निर्माण भएकै हुनुपर्छ नत्र अनुदान पाइदैन ।’ 

छलफल कार्यक्रममा नगरपालिकाको मापदण्डमा अनुसार नक्सा पास गरेर मात्र घर निर्माण गर्न थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले आग्रह गरे । उनले भने–‘पहिला घर छनोट गर्नुहोस् त्यही किसिमको नक्सा पास गर्नुहोस् अनि घर बनाउन थाल्नुस्, यसो गरे घर पनि भूकम्प प्रतिरोधी बन्छ अनुदान पनि रोकिदैन ।’ कार्यकारी अधिकृत परियारले पुर्ननिर्माण प्राधिकरणबाट खटिने इन्जिनियरको संख्या नपुग भएको समेत बताएका थिए । उनले तत्काल कम्तिमा छ महिना थाहामा नै बस्ने प्रतिवद्धता गराएर इन्जिनियर खटाउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइलाई अनुरोध गरे । 

पुर्ननिर्माण प्राधिकरणबाट खटिएको इन्जिनियरको अभावमा नगरको पुर्ननिर्माण कार्य अघि बढ्न नसकेको नगरस्तरीय पुर्ननिर्माण समन्वय समितिका सदस्य राजीव स्याङ्तानले गुनासो गरे । कार्यक्रममा  पुर्ननिर्माणको चरणमा अपनाउने उपायको विषयमा नगरको सहजीकरण आवश्यक भएको स्याङ्तानको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय  इकाइका पुष्पराज अधिकारी। रामहरि अधिकारी,  महिला तथा बालबालिका कार्यालय हेटौंडाकी प्रमुख शोभा शाह, सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन)का जिल्ला संयोजक जगत बजगाई, सामाजिक परिचालक हरिध्वज लो, भवन प्रविधि तथा अनुसन्धान तालीम केन्द्र हेटौंडाका प्रतिनीधिहरु, नगरस्तरीय पुर्ननिर्माण समन्वय समितिका पदाअधिकारीहरु लगायतकाको उपस्थिती रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)