Sunday, 9th February, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

गायिका निशु ढकालको-आयो तिहार लिएर देउसी (हेर्नुहोस् भिडियो)

तिहार नजिकिँए सङ्गै देउसी भैलो गीतहरु धमाधम सार्वजनिक भैरहँदा गायिका निशु ढकालको तिहार लक्षित देउसीभैलो गीत सार्वजनिक भएको छ । ‘आयो तिहार लिएर देउसी’ बोलको गीत देउसी, भैलो खेल्ने प्रचलनसँग सम्बन्धित छ ।

तिहारमा आफ्ना स्रोता एवं दर्शकहरुलाई पूर्णरुपममा मनोरञ्जन दिनका लागि उनले तिहारलाई लक्षित गर्दै यो म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् । राम्रा गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएकी निशुको पछिल्लो गीत ‘आयो तिहार लिएर देउसी’ बोलको गीतमा तिहारमा हुने उत्साह र उमंगलाई समेटेको छ । नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपाको नृत्य रहेको छ । निशुले यसअघि दशैंको अवसरमा यो रमाइलो दशैं आयो बोलको गीत सार्वजनिक गरेकी थिइन् ।

संगीतमा भविष्य खोज्दै गरेकी गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील छिन् । यसभन्दा अघि पनि उनका गीत लोकप्रिय भइसकेका छन् ।

हेर्नुहोस् भिडियो:



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०