Sunday, 16th August, 2026
वि.स.

गायक अशोकको तामाङ दोहोरी गीत यस्तो छ (हेर्नुहोस भिडियो)

मकवानपुरका चर्चित गायक अशोक तामाङ र गायिका जस्मिन तामाङको तामाङ दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

जिग्मे मिडियाको प्रस्तुति रहेको ‘बोर्ला ङाई याम्बुरी’ गीतको म्युजिक भिडियो ३१ जेठमा जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर गरी सार्वजनिक गरिएको हो । गीतमा अशोक र जस्मिनको शब्द रहेको छ । गीतको संगीत अशोकले नै तयार पारेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई सुमन रानाले रकर्डिङ गरेका हुन् । 

विश्वास नेपालको एरेञ्जमा तयार भएको गीतलाई कुमार रानाले मिक्स गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायक अशोकले नै अभिनय गरेका छन् । त्यस्तै उनलाई म्युजिक भिडियोमा मोडल अनिता गोलेले साथ दिएकी छिन् ।

 भिडियो हेर्नुहोस 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०