nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरना कहर र वर्तमान सरकार 
-बाबु छत्कुली

Baba-1587646900.jpg

आज विश्वले सकि-नसकी कोरना भाइरस विरुद्ध महायुद्ध लडिरहेको अवस्था हाम्रो अगाडी ऐना जस्तै  प्रष्ट देखिन्छ । चिनमा जन्म लिएर आज विश्वलाई त्राही त्राही बनाउने यो कोरनासगको लडाइँ कहाँ, कहिले, कसरी ? अन्त होला भनेर यकिन गरेर कुनै पनि व्यक्ति वा निकायले भन्न सकेका छैनन् । न यो कालो भाइरसको नियन्त्रण गर्न कुनै औंषधि पत्ता लागेको छ । विश्वका वैज्ञानिक जति सबै यही रोगको नियन्त्रण गर्ने र निको पार्ने औंषधि वा भ्याक्सिनको खोजीमा दिनरात नभनी खटिएका छन् । खै ! कस्तो ज्यानमारा कालो भाइरस आयो दिन दुई गुणा र रात चार गुणा हुदै मानव जाति माथी मात्र तिखो वाण प्रहार गरेको छ यसले । फेरि, समान रुपले न धनी, न गरिब, न विकसित देश, न अविकसित देश, आदिमा वाण हानेको देखिन्छ । यो रोगसँग लडाइँ लडने मानव जातिको हातहतियार भनेको घरमा सुरक्षित बस्ने, साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, पानी उमालेर खाने, तापोतातो सुपहरु पिउने, सरसफाइमा ध्यान दिने, घरेलु उपचार जस्तै बेसार, कागती, मरिच, टिमुर आदिको प्रयोग गर्ने साथै अध्यात्मिक उपचार जस्तै गाइको घिउ, गकुल धुप, साल धुप, आदि धूपाउने जस्ता अस्थायी उपचार विधि लिएर लडाइँ लडनु शिवाय अरु कुनै विकल्प आजको दिनसम्म छैनन् ।

वर्तमान समयमा मै हुँ भन्ने विकसित रास्ट्रलाई घुँडा टेकाएकाे तथ्य हाम्रा सामु ध्रुव सत्य छ । यस्तो विषम परिस्थितिमा नेपाल सरकारले बेलैमा लगाएको प्रतिबन्ध लगाउनु उचित निर्णय हो भन्ने विषय नकार्न मिल्दैन । हाम्रो जस्तो अर्ध विकसित रास्ट्रमा न भौतिक संरचना मजबुत नै थियो भने स्वास्थ उपकरणको कुरा त कता हो कता । तर जे जस्तो भएता पनि एउटा उच्च मनोबलकासाथ आजको भोलि स्वास्थ सामाग्रीहरुको व्यवस्थापन गर्नु, प्रत्येक प्रदेशमा आइसोलेसन तयार गर्न लगाउनु , स्थानीय सरकारलाई क्वारेन्टाइन तयार गर्न लगाउनु र सर्वहारा वर्गलाई खानपानको चाजोपाजो मिलाउनु चानचुने काम हो जस्तो मलाई लाग्दैन । 

एउटा उच्च मनोबलकासाथ आजको भोलि स्वास्थ सामाग्रीहरुको व्यवस्थापन गर्नु, प्रत्येक प्रदेशमा आइसोलेसन तयार गर्न लगाउनु , स्थानीय सरकारलाई क्वारेन्टाइन तयार गर्न लगाउनु र सर्वहारा वर्गलाई खानपानको चाजोपाजो मिलाउनु चानचुने काम हो जस्तो मलाई लाग्दैन । 

जटिल परिस्थितिले निम्त्याएको आकस्मिक काम सुनमा सुगन्ध भएको छ त म भन्दिनँ, तैपनि सरकारले गरेको कामको तारिफ योग्य छ । फेरि हाल वर्तमान सरकारको प्रमुख आफै पुनः जीवन पाएर भर्खर मात्र रास्ट्रको काममा तत्काल फर्किनु भएको अवस्था हो । हुन त कोही कोहीले यो सरकार भगवान पशुपतिनाथ हो र भनेर भनेको विचार पनि बाहिर नआएको कहाँ छ र ! अमेरिकी मुलुक र ट्रम जस्तो राष्ट्रनायक जसले साम, दाम, दण्ड, भेद  सबै प्रयोग गर्न सक्ने सरकारले गरेको निर्णय पनि हामीले प्रष्ट देख्न र सुन्न पाएका छौं जुन आम सञ्चार माध्यमले छर्लङ्ग पारेको छ ।

यो विषयमा मैले धेरै भन पर्ला जस्तो लाग्दैन-"जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको विड !" तर आज जान्ने जानकारहरु जानेर पनि नजानेको जस्तो गरि आम सञ्चार माध्यममा बर्बराएकाे देख्दा उदेकलाग्दो छ । के यो जटिल परिस्थितिमा जो जानकार छ उसैले मानवता हराएको जस्तो व्यवहार गरेको उचित हो भन्न सकिदैन । होला हिजो चुनावका कुरा थिए, हारजितका कुरा थिए आदि आदि धेरै थिए होला । आज आएर यसको हिसाब किताब गर्ने वेला यो होइन । आजको सरकार, स्थायी सरकार, सबैको साझा सरकार न मेरो  न तपाईंको । किन यस्तो जीवन र मरणको दोसाँधमा कालो भाइरससग लडाइँ लडदा वैरभाव राख्नुपर्ने म त कुनै कारण देख्दिन न यो लडाइँ जित्दा कोरनाले पुरस्कर दिन्छ न त हार्दा जीवन नै समाप्त पारिने सुनिस्चित छ ! 

त्यसैले यो लडाइँ सबै मिलेर हातमा हात मिलाएर साथै काँधमा काँध मिलाएर पहिले युद्धमा विजय हासिल गरु अनि बाँचेपछि संसार जितिन्छ । जितेपछी फेरि राजनीतिमा प्रवेश गरि वर्गीय संघर्षकाे काम गरुला, नयाँ नयाँ सोच विचारले अगाडि बढुला कि कसो आदरणीय सज्जन बृदहरु ..?