Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष पुस्कल गोले सागरको संयोजकत्वमा १ सय १ सदस्यीय कमिटि गठन भएको हो । 

कमिटिको उपसंयोजकमा देवीमाया बलामी तथा सदस्यहरुमा विष्णु महर्जन, रत्न थापामगर, अशोक लामा, मणिराज थापा, राजु लामा, दीपक वाइवालगायत रहेका छन् । कमिटिले २१ मंसिरमा हुने प्रदेश तथा संघको निर्वाचनको लागि बाम गठबन्धनको पक्षमा मतदानका लागि पहल गर्नेछ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०