Friday, 29th September, 2023
वि.स.
Kar-Uthaune-Bolpatra-1692338855.jpg

आशिष अस्लामीकाे गाजालु आँखैले (हेर्नुहोस् भिडियो सहित)

मकवानपुरको थाहा नगरपालिकाको थाहामा रहेको नेपालकै लामो मानिने फलामे भ¥याङमा छायांकन भएको गाँजालु आँखैले बोलको गीत सार्वजनिक भएको छ ।

हेटौंडाका गायक आशिष अस्लामी मगरको स्वरमा रहेको गित थाहा नगर निवासी विवेक पाख्रिनले रचना गरेका हुन् ।  पर्यटकीय नगरीको सुन्दर दृश्य सहित सोल्टा सोल्टीनीको प्रेम दर्शाइएको उक्त गीतमा कलाकारहरु भुपेन्द्र राना र सुजु मगर मुख्य भुमिकामा रहेका छन् । स्थानीय लोक संस्कृतिको झल्को दिने शैलीमा युवा युवतीका प्रेम देखिन्छ ।

गायक मगरको क्या राम्री बोलको गीतको शृङख्ला दूईको रुपमा आएको गाँजालु आँखैको निर्देशन थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले गरेका हुन् ।  म्युजिक भिडियो एजे टिम हेटौंडाले खिचेको हो भने संगीत संयोजनमा अमृत ल्वागुनले गरेका हुन् । गीतमा सञ्चारकर्मी अमृत चिमरिया, कृपा गोपाली, सुब्बु रिजाल र सानुबाबु मोक्तानको अभिनय रहेको छ ।

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







bigyapan-khanepni-1691850-1692096520.jpg
shambhu-1691912419-1692096666.jpg
JAI-GHAS-TENDER-1692612347.jpg