Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सम्वृद्धिको मूल आधार सहकारी संस्थाः नगर प्रमुख विष्ट

वस्तु विनिमयबाट विकास भएको कारोबार अहिले वित्तिय कारोबारमा परिवर्तन भएको बताउँदै आर्थिक सम्वृद्धिको मूल आधार सहकारी संस्था भएको नगर प्रमुख लवशेर विष्टले बताएकाछन् । थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभाको प्रमुख अतिथी समेत रहेका विष्टले केही सहकारीले गलत सन्देश दिए पनि पाथीभराले सहकारीहरुको साख जोगाउने अभियानमा लागेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिए । 

थाहा नगरपालिका वडा नम्बर २ स्थित मत्स्यनाराण माविमा भएको साधारण सभामा प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा संयोजक तथा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य उद्धब लामिछानेले सहकारीलाई नीति, विधि र प्रबिधिसंग जोडर अघि बढाउन सके सफलता प्राप्त गर्न सक्ने बताए । 

पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा–२ का वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी गुप्त बहादुर कार्कीले धेरैले चुनौतिको रुपमा लिँदै आएको सहकारी व्यवस्थापनमा पाथीभराले अब्बल स्थान कायम गर्न सफल भएकोमा शुभकामना दिए । 

साधारणसभामा संस्थाका अध्यक्ष अर्जुन बहादुर कार्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०७३।०७४ को प्रतिवेदन सभाले पास गरेको छ । त्यस्तै सचिव राम कुमार कार्की र देबकृष्ण श्रेष्ठले सभामा पेश गरेको प्रतिवेदन पास गरेको छ । 

उत्कृटलाई सम्मान

सहकारीले उत्कृष्ट बचत करोबारतर्फ कल्पना कार्की, सिता तमाङ, सरस्वति प्रधान, मखमली श्रेष्ठ, विनिता कार्कीलाई प्रशंसापत्र सहित सम्मान गरिएको छ । 

त्यस्तै कर्जा कारोबारतर्फ हृदय कृष्ण रायमाझी, सहकारिको कर्मचारीतर्फ उच्चतम मुल्याङकन गर्दे कार्यलय सहायक पवित्रा अधिकारी, बजार प्रतिनिधि उमा थापालई प्रशंसा पत्र वितरण गरिएको छ ।

विद्यालयलाई खेलकुद सामाग्री

साधारण सभाको अवसरमा प्रमुख अतिथिबाट मत्स्यनारायण माध्यमिक विद्यालयलाई दुई वटा भलिबल, नेट तथा व्याटमिन्टन सहकारीले हस्तान्तरण गरेको छ । सो अवसरमा सहकारीका अध्यक्ष कार्कीले अतिथीहरुलाई मायाको चिनो पनि प्रदान गरेका थिए । सभामा मत्स्य नारायण मावि व्यवस्थापन समितिका अध्यक्ष तथा सोही सहकारीका पूर्व अध्यक्ष नवराज बिष्ट, मुक्तिनाथ हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष माधव कार्कीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा लाली गुराँस महिला सहकारी संस्थाका व्यवस्थापक तुलसा बिष्ट, कुण्डल देवी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक राजन मिश्र, थाहा–१ क वडा सदस्य सुन्दर प्रधान, पत्रकार सुरजकुमार भुजेल, उमेश लामालगायतकाको आतिथ्यता रहेकोे थियो ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०