nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आफ्नो मान्छे परदेश जाँदाको दुःख पोख्दै गायिका निशु चित्लाङमा

गायिका निशु ढकालको नयाँ गीत सार्वजनिक भएको छ । चर्चित गायिका निशुको ‘बर्षदिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतले समसामयिक वास्तविकतालाई उजागर गरेको छ । बाध्यताका कारण श्रीमान विदेशिएको प्रशंग गीतमा प्रस्तुत गरिएको छ । आफ्नो प्यारो श्रीमान साथमा नहुँदा श्रीमतीको मनमा उत्पन्न हुने अनेक पीडा गीतमा देखाइएको छ ।  नेपाली समाजको वास्तविक समस्या यस गीत (भिडियो) ले उजागर गर्न सफल भएको छ ।

यस गीतको शब्द, संगीत तथा संगीत संयोजन नविन के तिमिल्सिनाले गरेका हुन् । निर्देशन तथा सम्पादन पनि नविनले नै गरेका हुन् । सुनिल शाहीले खिचेको भिडियोमा स्मारिका र किशोरले अभिनय गरेका छन् । गितको अधिकांश सुटिङ मकवानपुर थाहानगरको चित्लाङमा गरिएको छ ।

हेर्नुहोस् भिडियो: