Thursday, 8th October, 2026
वि.स.

अबैध खानी उत्खनन् गर्ने शिवमका प्रबन्ध निर्देशक मारु पक्रा

मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु पक्राउ परेका छन् । पक्राउ गरिएपछि उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपानेले बताए ।

शिबम्ले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस वडा नम्बर ६ को चपकी खानी र ठिंगन गाविसको वडा नम्बर ९ मा रहेको चुनढुङा खानी अबैध रुपमा उत्खनन् गरेको भन्दै उद्योगका प्रमुख मारुलाई पक्राउ गरिएको हो । स्वीकृत विना  खानी संचालन गरेकोले पक्राउ गरिएको बुझिएको छ ।

जिल्ला वन कार्यालय मकवानपुरले स्वीकृति लिएभन्दा बढी खानी उत्खनन् गरेकाले पक्राउ गरेको जनाएको छ । 

जिल्ला वन कार्यालय मकवापनुरको टोलिले खानी क्षेत्रको स्वीकृति लिएको क्षेत्र र अरु क्षेत्रको नापी गरेपछि अदालतमा मुद्दा दायर गरिएको थियो । शिबम सिमेन्ट उद्योगका प्रमुख मारुलाई जिल्ला वन कार्यालय मकवानपुरले गएको २८ कात्तिक मा नै पक्राउ गरेर हिरासतमा राखे पनि यो घटना गुपचुप रहेको थियो । पक्राउ गरे लगत्तै अदालतमा म्याद थप गरेर हिरासतमा राखिएको थियो ।