Monday, 17th August, 2026
वि.स.

९५ किलो गाँजा सहित दुईजना मकवानपुरमा पक्राउ

मकवानपुर प्रहरीले हेटौंडाको रातोमाटेबाट ५ पुसमा अबैध लागुऔषध ९५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । 

सर्लाही हरिवन नगरपालिका–४ का २८ बर्षिय महेश आले मगर र ३८ बर्षिय राजकिशोर चौधरीलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना५ख ९३३२ नम्बरको ट्रक रातोमाटेमा चेकजाँच गर्दा लुकाई ल्याएको ९५ किलो ४ सय ग्राम गाँजा बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले बताए । 

ट्रकमा ९ वटा प्याकेट बनाई लुकाएको प्रहरीको भनाई छ । गाँजा बरामद भएको ट्रकसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif