Wednesday, 19th August, 2026
वि.स.

८ महिनामा मकवानपुरमा ८१ वटा मोटरसाइकल हराएको उजुरी

j-p-m-1616823239.jpg

मकवानपुरमा चालु आर्थिक वर्ष २०७७र०७८ को ८ महिनाको अवधिमा ८१ वटा मोटरसाइकल हराएको उजुरी परेको छ । जिल्लामा गत साउनदेखि फागुनसम्म विभिन्न स्थानमा पार्किङ गरेको अवस्थामा, घर र अफिसबाट गरी ८१ वटा मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ९प्रवक्ता० जयश्वर रिमालका अनुसार, हराएका मोटरसाइकलमध्ये हालसम्म ५ वटा मोटरसाइकलमात्र सवारीधनीलाई बुझाइएको छ । मकवानपुरमा बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा धेरै चोरी भएको जनाइएको छ । बजार क्षेत्रमा प्रहरी रहने भएकाले विकट गाउँमा यसको धेरै समस्या देखिएको जनाइएको छ।

चोरी भएका मोटरसाइकलको नम्बर प्लेट र अन्य पार्टपूर्जा परिवर्तन गरेर अन्य जिल्लामा बिक्री गर्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तले ३० हजार रुपियाँदेखि १ लाखसम्म यस्ता चोरीका मोटरसाइकल बेच्ने गरेको पाइएको प्रवक्ता रिमालले बताए ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif