Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

८८ किलो सुन बोक्ने सवारी चालक मकवानपुरका अधिकारी पक्राउ

मकवापनुरगढी गाउँपालिका–५ घरका २४ वर्षीय मनोज अधिकारी सुन सहित काठमाण्डौंमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीमा ८८ किलो सुनसहित अधिकारी १९ भाद्रमा पक्राउ परेका हुन् । 

प्रहरी प्रधान कार्यालय नक्साललका अनुसार क्षेत्रपाटीमा पार्किङ गरी राखेको बा १७ च ६४२७ नम्बरको गाडीमा रहेको करीब ८८ किलो सुन सहित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ उनलाई पक्राउ गरेको हो ।

उक्त सुन करिब ४३ करोड १ लाख ८८ हजार ६ सय ७९ रुपैयाँ बराबर मूल्य हुनेछ । घटनामा संलग्न हुनसक्ने समूहको प्रहरीले खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०