Sunday, 23rd August, 2026
वि.स.

८० किलो गाँजासहित मकवानपुरमा एक महिला पक्राउ

arrest-1589090312.jpg

 मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने फुलमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।तामाङलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

आईतबार राति ८ बजेको समयमा विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखेको उक्त परिणामको गाँजा बरामद भएको पछि निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए ।

तामाङलाई पक्राउ गरी घटनाको विषयमा आवश्यक अनुसन्धानको साथै कानूनी कारबार्ही अगाडि बढाइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०