Thursday, 3rd September, 2026
वि.स.

चार विषयमा कृषकस्तरको तालिम सञ्चालन हुँदै, आवेदन खुला

792089216_126514661903430-1788432830.jpg

थाहा । कृषि तथा पशुपन्छी तालिम केन्द्र, भण्डारा चितवनले चालु आर्थिक वर्ष २०८३र८४ को स्वीकृत कार्यक्रमअनुसार कृषकस्तरका विभिन्न चारवटा तालिम सञ्चालन गर्ने भएको छ।

केन्द्रले तालिममा सहभागी हुन इच्छुक कृषक तथा उद्यमीबाट अनलाइन आवेदन माग गरेको हो। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् १ असोज २०८३ सम्म आवेदन दिन सकिनेछ।

केन्द्रका अनुसार फलफूल नर्सरीसम्बन्धी तालिम, पशु आहारा तथा बाँझोपन व्यवस्थापन तालिम, बंगुरपालनअसल अभ्यास तालिम र वर्णशंकर मकै बीउ उत्पादन तथा प्रमाणीकरणसम्बन्धी तालिम सञ्चालन गरिनेछ।

फलफूल नर्सरीसम्बन्धी, पशु आहारा तथा बाँझोपन व्यवस्थापन र बाख्रापालनमा असल अभ्याससम्बन्धी तालिम काठमाडौं उपत्यकामा सञ्चालन हुने सम्भावित स्थान तोकिएको छ। वर्णशंकर मकै बीउ उत्पादन तथा प्रमाणीकरणसम्बन्धी तालिम भने चितवनमा सञ्चालन हुनेछ। सबै तालिमको अवधि ६ कार्यदिन रहनेछ।

तालिमका सहभागी छनोट गर्दा १८ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेका युवा कृषक तथा उद्यमीलाई प्राथमिकता दिइनेछ। महिलालाई विशेष प्राथमिकता दिने केन्द्रले जनाएको छ।

त्यस्तै, सम्बन्धित सरकारी निकायमा व्यवसाय दर्ता तथा नवीकरण गरेका आवेदकलाई प्राथमिकता दिइनेछ। माथिका सबै विवरण समान भएमा पहिले आवेदन दिने आवेदकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

इच्छुकले कृषि तथा पशुपन्छी तालिम केन्द्रको वेबसाइट atc.bagamati.gov.np मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। आवेदनसँग आवश्यक निवेदन फाराम तथा व्यक्तिगत विवरण फाराम डाउनलोड गरी तोकिएको विवरण भरेर अपलोड गर्नुपर्नेछ।

एक जना आवेदकले कुनै एक तालिमका लागि मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। अनलाइन माध्यमबाट पर्याप्त आवेदन प्राप्त नभए सम्बन्धित जिल्लास्थित कृषि विकास कार्यालय वा पशु सेवा कार्यालयको सिफारिसका आधारमा सहभागी छनोट गर्न सकिने केन्द्रले जनाएको छ।

तालिममा सहभागीका लागि आतोजाते यातायात खर्च तथा तालिम अवधिको दैनिक भत्ता र भ्रमण खर्च केन्द्रबाटै व्यहोर्ने सूचनामा उल्लेख छ।

थप जानकारीका लागि कृषि तथा पशुपन्छी तालिम केन्द्र, भण्डारा चितवनमा सम्पर्क गर्न सकिनेछ। केन्द्रको फोन नम्बर ०५६–४९४२३८ र इमेल atc@bagamati.gov.np रहेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif