Tuesday, 3rd November, 2026
वि.स.
pustakalay-1792211853.jpg

व्यवसाय गर्ने सोचमा हुनुहुन्छ? सरकारले दिँदैछ निःशुल्क उद्यमशीलता तालिम

Copy-of-Untitled-(1)-1793696273.jpg

उद्यमशील बन्न चाहने तर व्यवसाय छनोटदेखि योजना निर्माणसम्मका विषयमा व्यावहारिक ज्ञान हासिल गर्न नसकेका व्यक्तिका लागि सरकारले निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ।

नेपाल सरकारअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले आर्थिक वर्ष २०८३/०८४ का लागि एक हप्ते उद्यमशीलता विकास तालिम (Entrepreneurship Development programme-EDP)  सञ्चालन गर्न लागेको हो। तालिममा सहभागी हुन इच्छुक व्यक्तिले कात्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिष्ठानले सार्वजनिक गरेको सूचनाअनुसार तालिममा सहभागीलाई आफ्नै क्षमता र रुचिको मूल्याङ्कन गरी उपयुक्त व्यवसाय पहिचान तथा छनोट गर्न सिकाइनेछ। त्यसैगरी व्यवसाय सञ्चालनका लागि आवश्यक व्यावसायिक योजना तयार गर्ने विषयमा समेत प्रशिक्षण दिइनेछ।

कसले दिन सक्छन् आवेदन ?

तालिममा सहभागी हुन नेपाली नागरिक हुनुपर्नेछ। आवेदकको उमेर १६ वर्ष पूरा भई ५० वर्ष ननाघेको र न्यूनतम एसईई, एसएलसी वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ।

आवेदनदेखि तालिमसम्मको कार्यतालिका

प्रतिष्ठानले सार्वजनिक गरेको समयतालिकाअनुसार कात्तिक १३ गतेदेखि आवेदन खुला भएको छ। आवेदन दिने अन्तिम मिति कात्तिक ३० गते तोकिएको छ।

छनोट प्रक्रियाअन्तर्गत मंसिर ४ गते सम्पर्क गर्ने, मंसिर ७ देखि ९ गतेसम्म अनलाइन अन्तर्वार्ता सञ्चालन गर्ने र मंसिर १४ देखि २१ गतेसम्म तालिम सञ्चालन गर्ने कार्यक्रम छ।

कसरी दिने आवेदन ?

इच्छुक व्यक्तिले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आधिकारिक वेबसाइटबाट आवेदन फाराम डाउनलोड गरी आवश्यक विवरण भर्नुपर्नेछ। भरिएको फाराम कात्तिक ३० गतेभित्र program@iedi.gov.np मा इमेल गर्नुपर्नेछ।

प्रतिष्ठानले आवेदन फाराम वर्ड र पीडीएफ दुवै ढाँचामा उपलब्ध गराएको छ। तालिमसम्बन्धी निर्देशिका तथा अन्य आवश्यक जानकारी पनि वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

थप जानकारीका लागि प्रतिष्ठानको वेबसाइट www.iedi.gov.np वा इमेल program@iedi.gov.np मा सम्पर्क गर्न सकिनेछ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg






_-Ward-2-Sandesh-1792210522.jpg
_Ward-4-Sandesh-1792210561.jpg
Ward-5-Sandesh-1792210597.jpg
Ward-6-Sandesh-1792210616.jpg


Ward-7-Sandesh-1792210632.jpg

Ward-8-Sandesh-1792210649.jpg
Ward-11-Sandesh-1792210722.jpg
_Ward-1-Sandesh-1792210500.jpg
Ward-9-Sandesh-1792210676.jpg
Ward-10-Sandesh-1792210703.jpg
Ward-12-Sandesh-1792210744.jpg