Tuesday, 15th September, 2026
वि.स.

प्राङ्गारिक मल उत्पादनमा ५० प्रतिशत अनुदान, असोज १९ सम्म आवेदन दिन सकिने

1000051808-1789460591.jpg

चितवन र मकवानपुर जिल्लाका कृषकहरूका लागि प्राङ्गारिक तथा भर्मी कम्पोष्ट मल उत्पादन पूर्वाधार निर्माणमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रस्ताव आह्वान गरेको हो।

सूचना अनुसार २ वटा पूर्वाधार निर्माणका लागि कुल ५ लाख ६० हजार रुपैयाँ बजेट स्वीकृत गरिएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक कृषि समूह, सहकारी, कृषि फर्म, कम्पनी तथा समितिहरूले २१ दिनभित्र अर्थात् आगामी २०८३ असोज १९ गतेभित्र आवश्यक कागजातसहित आवेदन दर्ता गराउनुपर्नेछ।

आवेदनका लागि निर्धारित ढाँचा तथा फारम कार्यालयको वेबसाइट (piuchitwan.pmamp.gov.np/publications) बाट डाउनलोड गर्न सकिने जनाइएको छ।

आवश्यक पर्ने मुख्य कागजातहरू:

  • रु. १० को टिकटसहितको निवेदन
  • संस्था वा फर्म दर्ता तथा नवीकरण प्रमाणपत्र र प्यान (PAN) दर्ताको प्रतिलिपि
  • कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
  • कार्यक्रम सञ्चालन हुने जग्गाको स्वामित्व खुल्ने कागजात वा कम्तीमा ५ वर्षको भाडा सम्झौता
  • कार्यसमितिको निर्णय प्रतिलिपि र लागत अनुमानसहितको कार्यक्रम प्रस्तावना
  • अन्य निकायबाट सोही प्रकृतिको अनुदान नलिएको र दोहोरो नपर्ने प्रतिबद्धता पत्र

साथै, जोन क्षेत्र अन्तर्गत सूचीकृत हुन बाँकी रहेका समूह, सहकारी वा फर्महरूले पनि निर्धारित फारम भरी आवेदन बुझाउने अन्तिम मितिसम्म सूचीकृत भई माग पेश गर्न सक्ने कार्यालयले जनाएको छ। थप जानकारीका लागि कार्यालयको फोन नं. ०५६-४९३३१२ वा ९८५५०८१४५२ मा सम्पर्क गर्न सकिनेछ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif