Saturday, 15th August, 2026
वि.स.

थाहामा ‘ह्यापिनेस प्रोग्राम’ सञ्चालन हुने

Happyness-1766901422.jpg

थाहा नगरपालिका, पालुङमा मानसिक, शारीरिक तथा भावनात्मक सन्तुलन अभिवृद्धि गर्ने उद्देश्यले ‘ह्यापिनेस प्रोग्राम’ सञ्चालन हुने भएको छ। उक्त कार्यक्रम द आर्ट अफ लिभिङ नेपाल र लायन्स क्लब अफ थाहा पिस को सहकार्यमा आयोजना हुन लागेको हो।

आगामी पौष १७ गतेदेखि २२ गतेसम्म  सञ्चालन हुने यस कार्यक्रममा ध्यान, श्वासप्रश्वास तथा जीवनशैली सुधारसम्बन्धी अभ्यासहरू गराइने आयोजकले जनाएको छ। कार्यक्रमले सहभागीहरूलाई राम्रो निद्रा लिन सहयोग गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, एकाग्रता अभिवृद्धि गर्ने, सही निर्णय क्षमता विकास गर्ने, मस्तिष्कको कार्यक्षमता बढाउने, भावनात्मक व्यवस्थापनमा सहयोग पुर्‍याउने तथा सिर्जनशीलता र नवप्रवर्तनमा वृद्धि गर्ने विश्वास लिइएको छ।

कार्यक्रम थानाबजारमा आयोजना हुनेछ। सहभागीहरूका लागि समयतालिका अनुसार बिहान ६ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि २ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म कक्षा सञ्चालन गरिनेछ।

कार्यक्रमको प्रशिक्षण ब्रदर श्रीचैतन्यजीले प्रदान गर्नुहुनेछ। कार्यक्रममा सहभागिताका लागि प्रतिव्यक्ति रु। १५००र( शुल्क निर्धारण गरिएको छ। थप जानकारी तथा दर्ताका लागि ९८२४४९२९४९ नम्बरमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif