Thursday, 20th August, 2026
वि.स.

७१ किलो गाँजासहित ट्रक र दुईजना पक्राउ

मकवानपुर प्रहरीले गाँजा ओसार्न प्रयोग भएको ट्रकसहित दुईजनालाई पक्राउ गरेको छ।

बुधवार विहान १ बजे पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका वडा नं ३ लेवटबाट रौतहट चन्द्रपुर नगरपालिका ८ का २७ बर्षीय कर्णबहादुर हमाल र २६ बर्षीय गौरी शंकर यादवलाई हेटौँडा उपमहानगरपालिका वडा नं ३ स्थित लेवट सडक खण्डबाट प्रहरीले पक्राउ गरेको हो।

हमाल र यादवले ट्रकमा राखेर हेटौँडा तर्फ लैजाँदै गरेको ७१ किलोग्राम लागूऔषध गाँजा, ३० हजार रुपियाँ नगद र ना ५ ख ८१६४ नं को ट्रकलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ परेकाहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दायर गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०