Thursday, 2nd July, 2026
वि.स.

वडा अध्यक्ष बल भन्छन्-"१०० जना स्वरोजगार बनाउँछौं"

Kiran-1534417750.jpg

बेरोजगारीले धपक्कै छोपेको वर्तमान समयमा युवाहरु फुर्सदिलो भई दुब्र्यसनीका साथै नकारात्मक कार्यहरुमा संलग्न हुने गरिएको पाइन्छ । कतिपय गाउँमा युवाहरु देखिनैँ छाडिसके अर्थात मलामीको लागि समेत युवाहरुको अभाव खड्किसकेको छ । जसको मुख्यकारण रोजगारीको अभाव हो । तर थाहा नगरपालिका वडा नं ११ का वडाध्यक्ष किरणमान बल भने आफ्नो कार्यकालमा १०० जना युवालाई स्वरोजगार बनाउने बताउँछन् । गाउँमा रहेका बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ उपलब्ध श्रमशक्तिलाई समय–समयमा निरन्तर रूपले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सीप र प्रविधियुक्त तालिमको प्रबन्धबाट बेरोजगारी समस्या समाधान गर्न सकिने बताउँदै आफ्नो ५ वर्षको कार्यकालमा आफ्नो वडामा कम्तिमा १०० जना युवाहरुलाई स्वरोजगार बनाएरै छाड्ने उनले विश्वास ब्यक्त गरे । विकास संवाददाता संग कुराकानी गर्दै बलले यस्तो विश्वास ब्यक्त गरेका हुन । 

हालसम्म नै ४३ जना युवाहरुलाई विभिन्न सहयोगी संस्था मार्फत तालिम प्रदान गरी उद्यमशील बनाउने अभ्यास भएको बताउँदै अवको ५ वर्षमा १०० जनालाई आत्मनिर्भर बनाउन समस्या नहुने बताए । “यहि वर्ष ४३ जनालाई टनेलको खेती, कृस्टलको गहना बनाउने तालिम, सिलाई–कटाई, सिस्नुको पाउडर बनाउने तालिम, प्लम्बर र मोबाइल मर्मत लगायत विविध तालिम प्रदान गरिसकेको हुनाले ती युवाहरु जुनसुकै ठाउँमा, बिदेश, स्वदेश जहाँ भए पनि सकेसम्म स्वदेशमै काम गर्ने गरि हामीले योजना बनाउने क्रममा छौँ । वडामा विभन्न संस्थाबाट तालिम लिएका युवाहरुको सूची वडामा संकलन हँुदै छ, त्यो सूची आइसकेपछि त्यसलाई कसरी ब्यवस्थापन गर्ने भनेर योजना हामी बनाउँछौँ– वडाध्यक्ष बलले भने ।” ग्रामीण विकास, रोजगारीमूलक कार्यक्रमलाई प्राथमिकता र सीपमूलक तालिमहरुको माध्यमबाट नै युवा स्वरोजगार बढाउने उनले बताए ।

उच्च जनसङ्ख्या वृद्धिदर, सुस्त व्यापार वृद्धि, प्रविधिको प्रयोग, पुँजी अभाव, कमजोर शैक्षिक गुणस्तर, सीप तथा दक्षतामा बेमेल, सुशासन र कुशल नेतृत्वको कमी, परनिर्भरता, प्रविधिमा तरलता, उद्योगहरू टाट पल्टनु लगायत विविध कारणले गर्दा पछिल्लो समय ग्रामीण भेगका साथै सहरी क्षेत्रमा समेत बेरोजगारीको संख्या ह्वाट्टै बढेको नेपाल सरकारको तथ्याङ्कले देखाउछ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।