Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

५ वर्षमा पनि बनेन उपत्यकाभित्रकै ८ किलोमिटर सडक

sadak-1601902487.jpg

 कागेश्वरी मनोहरा नगरपालिकाको लोकतान्त्रिक सहिदमार्ग विगत ५ वर्षदेखि अलपत्र छ । ठेकदारको ढिलासुस्तीका कारण सडक निर्माण अलपत्र परेको हो । ब्रम्हखेलदेखि गागलफेदिसम्म करिब ८ किलोमिटर सडक अलपत्र परेको छ ।

वर्षौदेखि सडक अलपत्र भएको जनगुनासो बढेपछि बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाल आज बल्ल सडक अनुगमन गर्न कागेश्वरी मनोहरा नगरपालिका पुगेका छन् ।

उनले कागेश्वरी मनोहरा नगरपालिकाको लोकत्रान्त्रिक सहिदमार्गको अवलोकन गरेका छन् । मन्त्री फुयालले काममा ढिलासुस्ती नगरी समयमै काम सक्न ठेकदार कम्पनीलाई निर्देशन समेत दिएका छन् ।  सो सडकको काम आगामी १५ मंसिर भन्दा पर जना नहुने उनको भनाइ थियो ।

सडकमा दुई कम्पनीले ठेक्का लिएका छन् । निर्माण सामग्री अभाव भएकाले समयमै काम हुन नसकेको ठेकदार कम्पनीको तर्क छ । आगामी मंसिर महिना भित्र काम सक्ने ठेकेदारको नयाँ प्रतिवद्धता छ ।

ठेकेदारका कारण स्थानीयले धेरै दुख खेपेको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु सिम्खडा बताउँछिन् । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, वडा अध्यक्षहरुसमेत अनुगमनमा मन्त्रीसँगै पुगेपछि ५ वर्षसम्म सडक अलपत्र पर्दा जनप्रतिनिधिले किन चासो नदेखाएको भन्ने स्थानयिको जवाफ भने दिन सकेनन् ।

-पालिकाखबरबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०