Wednesday, 26th August, 2026
वि.स.

५ महिनामा मकवानपुरमा २२ बलात्कारका घटना दर्ता

rape1-1608201013.jpg

मकवानपुरमा पछिल्लो वर्षहरुमा बलात्कारको घटना बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरमा पछिल्लो चालु आर्थिक वर्ष २०७७/७८ को ५ महिनामा २२ वटा बलात्कारको घटना दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुर अनुसार चालु आर्थिक वर्ष हाल सम्म २२ वटा बलात्कारको घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउन महिनामा ५ वटा मुद्धा दर्ता भएको छ । यसैगरि क्रमश भदौ,असोज,कार्तिक र मंसिर महिनामा क्रमशः २ र ५/५ वटा मुद्धाहरु दर्ता भएका प्रहरीले जनाएको छ । दर्ता भएको २२ मुद्धामा १६ जना पक्राउ परेका छन् भने ६ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्ष ९२०७६/७७० मा मकवानपुरमा ३६ वटा बलात्कारका घटनाहरु भएका थिए । जसमा ३२ जना पक्राउ परेका थिए भने ४ जना अझै पनि फरार रहेका छन् । त्यसैगरि आर्थिक वर्ष २०७५/७६ मा ३२ वटा बलात्कारका घटना भएकोमा २६ जना पकाउ परेकोमा ६ जना अझै फरार रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif