Friday, 3rd July, 2026
वि.स.

५८ महिनापछि बन्यो थाहानगरको नाटेश्वरमा विद्यालय भवन

Nateswor-1582682189.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० मा रहेको नाटेश्वर मााध्यमिक विद्यालयमा नवनिर्मित भवनको समुद्घाटन भएको छ । वि.सं. २०७२ सालमा आएको विनासकारी भूकम्पका कारण भवन भत्किएपछि निर्माण गरिएको विद्यालय भवनको १३ फागुनमा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले ताम्रपत्र अनावरण गरेरका हुन् । भूकम्प गएको ५८ महिनापछि विद्यालय भवन निर्माण भएको हो । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका विष्टले भवन निर्माणपछि बालबालिकाको पठनपाठनमा सहज भएको बताए । राष्ट्रिय भूकम्प पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई मकवानपुर मार्फत जपानिज ओ.डि.ए. ऋण अन्तर्गत जाईकाकोले भवन निर्माणमा सहयोग गरेको  विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दिपक गोपालीले जानकारी दिए । ६ कोठे उक्त भवन निर्माणपछि साँघुरो कोठामा बढ्ने बाध्यता हटेको शिक्षक रुपचन्द्र गोपालीले जानकारी दिए ।

 विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दीपक गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा–१० का वडा अध्यक्ष हिरा बहादुर गमाल, पूर्व स्रोत व्यक्ति तथा शिक्षाप्रेमी बुद्धरत्न मान्धरलगायतका व्यक्तित्वहरु विशेष अतिथी रहेका थिए । 

कुल १ करोड ७६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । भवन उद्घाटनको अवसरमा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए । सो अवसरमा विद्यालयमा झण्डोत्तोलन पनि गरिएको थियो । कक्षा १ देखि १२ सम्म अध्यापन हुने नाटेश्वर माविमा करिब ३ सय विद्यार्थी अध्ययनरत् छन् ।  विगतका ३ वषदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको विद्यालयले अहिले कक्षा ६ सम्म अंग्रेजी माध्यममा पठनपाठन गराइरहेको छ ।

कार्यक्रममा पूर्व स्रोत व्यक्ति, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने पुनृनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईलाई कदर पत्र वितरण गरिएको थियो  सो अवसरमा शैक्षिक सत्र २०७५ सालमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको शिक्षक रुपचन्द्र गोपालीले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०