Monday, 17th August, 2026
वि.स.

३ सय रुपैयाँले घट्यो सुनको मूल्य

gold1-1624427163.jpg

मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ७०० रुपैयाँमा झरेको हो ।

गत मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेर सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउदै एक हजार २९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif