Wednesday, 19th August, 2026
वि.स.

२७ गोरु सहित गाडी प्रहरी नियन्त्रणमा

हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ मा रहेको रातोमाटे चेकपोष्टबाट प्रहरीले गोरु पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा हुँदै पूर्व झापातर्फ जाँदै गरेको ना ६ ख ५४९ नंबरको ट्रक रोकी चेक जाँच गर्नेक्रममा २७ वटा गोरु फेला परेको हो । 

ट्रकमा गोरु ऋोसारपसारका लागि आवश्यक कागजात समेत नभएपछि प्रहरीले नियन्त्रणका लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नियन्त्रणमा लिइएको गोरु आवश्यक कारवाहीको लागि पशु क्वारेन्ट टाईन चेक पोष्ट पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीषक दिलिप झाले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif