Sunday, 23rd August, 2026
वि.स.

२६ गतेबाट तीनवर्षे इन्द्रायणी जात्रा शुरु

मकवानपुरको पालुङमा मध्यकालदेखि नै प्रचलनमा रहेको ३ वर्षे इन्द्रायणी जात्रा यस वर्ष परेको छ । मंसिर शुक्ल पूर्णिमा अर्थात् यही मंसिर २६ गते बिहीबारबाट थाहा नगरपालिकाको इन्द्रायणी चौरमा ३ दिनसम्मका लागि इन्द्रायणी जात्रा हुने भएको हो ।

इन्द्रायणी भगवति कालाभैरव गुठी संरक्षण समितिको व्यवस्थापनमा हुँदै आएको इन्द्रायणी जात्राको अवसरमा पहिलो दिन इन्द्रायणी माइको थानमा रथ लैजाने, दोस्रो दिन मुख्य पूजा र तेस्रो दिन रथ फर्काउने चलन रहेको छ । मेला अवधिमा थाहा नगरपालिका–२ का देउला समुदाय र नेवार समुदायले दिनरात नै पुजा गर्ने गर्दछन् ।

इन्द्रायणी माइ थानमा  राती पञ्चबली सहित तान्त्रिक विधिबाट पुजा हुने गर्दछ ।  जात्रामा पाटनबाट आएका तान्त्रिक कर्माचार्यहरुले विशेष पूजाआजा गर्ने गर्दछन् ।

जात्रामा स्थानीय क्षेत्रका हजारौं भक्तजनहरु आउने गरेका छन् भने स्थानीय नेवार तथा देउला समुदायमा टाढाबाट आउने पाहुनाहरुले घरहरु खचाखच हुने गर्दछ । इन्द्रायणी माइको पूजा र भाकल गरेमा मनोआकाँक्षा पूरा हुने विश्वास रही आएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif