Tuesday, 18th August, 2026
वि.स.

प्रतिवेदन नआएसम्म २५ मीटर सडक विस्तार रोकिने

भौतिक योजना तथा यातायात मन्त्रालयको आयोजनामा २५ मीटर सडक विस्तारकालागि आयोजना गरिएको छलफल कार्यक्रममा मकवानपुरे सांसद सहितको टोलीले १७ माघमा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकसंग संयुक्त रुपमा छलफल गरेको छ ।
छलफलले २५ मीटर सडक विस्तारको विषयमा अध्ययन अनुसन्धान गर्न गठित विशेष कार्यदलले हेटौंडाको समस्याको उचित सम्बोधन गर्न सबै सरोकारवालाहरुसंग आवश्यक समन्वय गरी प्रतिवेदन बुझाएपछि मात्र आवश्यक निर्णय लिने निर्णय भएको छ । 

हेटौंडाबाट शुरु भगरिएको २५ मिटर सडक विस्तारको कार्य स्थगन गरी प्रतिवेदन आएपछि मात्र अन्य कार्य अघि बढाउने सहमति पनि भएको छ । कर्यक्रममा पूर्वउपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्र बानियाँ, सांसद महालक्ष्मी डिना उपाध्याय, अनन्त पौडेल, सुभाषचन्द्र ठकुरी, रामनारायण विडारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ, हेटौंडा बसोबास संरक्षण समितिका संस्थापक संयोजक तथा पूर्वअध्यक्ष उत्तमशर्मा ढकाल, संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, संघका सल्लाहकार विजेन्द्र अग्रवाल, संरक्षण समितिका सदस्य रमेश बज्राचार्यसहितको छलफल सहभागी थिए । 

छलफलमा भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख, कानून विभागका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif