Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

२५ जना कोरोना सङ्क्रमित डिस्चार्ज, अस्पताल खाली

bhim-hospital1-1591006365.jpg

रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ सङ्क्रमित सोमबार घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका  २५ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ ।

डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् । घर फिर्ता हुनेमध्ये नवलपरासीका तीन , भारतिय एक र रुपन्देहीका २१ जना भएको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि २० दिन पहिलादेखि अस्पतालमा बिरामी भर्ना शुरु गरिएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा नवीन दर्नालले सबै बिरामीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । सङ्क्रमित हुने सबै भारतबाट नेपाल प्रवेश गरेका मात्र छन् ।

सङ्क्रमितलाई सामान्य श्वासप्रश्वास र उच्च रक्तचापबाहेक कुनै समस्या नपाइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । सङ्क्रमित बिदाइसँगै अस्पतालको आइसोलेशन वार्ड पूरै खाली भएको छ ।
रासस



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०