Tuesday, 25th August, 2026
वि.स.

२४ घन्टामा १२ सय २८ जनामा कोरोना संक्रमण

corona-virous-1599129960.jpg

पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४२ हजार ८७७  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो। बिहीबार नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्।

१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२   छन्। क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन्। मन्त्रालयका अनुसार २४ घन्टामा १३ हजार ४१३ पीसीआर परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ। यो ५६ प्रतिशत हो। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif