Tuesday, 25th August, 2026
वि.स.

२४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण : १२ को मृत्यु

corona-1-1598612216.jpg

पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ३३४ महिला र ५९३ पुरुष गरेर २४ घण्टामा ९२७ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार १० हजार २२९ जनाको पीसीआर परीक्षण गर्दा ९२७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ। 

मन्त्रालयका अनुसार २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार २४२ पुगेको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ५८  हजार ११० पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ९४९ जना रहेका छन्।   

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १९५ पुगेको मन्त्रालयले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif