Wednesday, 19th August, 2026
वि.स.

२४ घण्टामा ४२१ संक्रमित थपिए, ८ जनाको मृत्यु

corona-photo-1609671183.jpg

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या ४२१ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर ४२१ जना कोरोना संक्रमित थपिएका हुन्। हालसम्म जम्मा संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ।   

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५४८७ छ। यसमध्ये संस्थागत आइसोलेसनमा  ३५२१  र होम आइसोलेसनमा १९६६ जना संक्रमित रहेका छन्।२४ घण्टामा पीसीआर परीक्षणको संख्या ५८०० रहेको छ। 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ६३७ रहेको छ। हालसम्म डिस्चार्ज हुने संक्रमित  २ लाख ५४ हजार ४९४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

आइसीयूमा उपचाररत १९९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित रहको प्रवक्ता गौतमले बताउनु भयो। २४ घण्टामा मृत्यु  हुने  संक्रमितको संख्या ८ रहेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या १८७८ पुगेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif