Tuesday, 25th August, 2026
वि.स.

२४ घण्टामा १३ सय २५ संक्रमित थपिए, ९६६ डिस्चार्ज

corona-1-1600598968.jpg

 नेपालमा  कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ग्राफ बढ्दै गएको छ। 

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार १२२ पुगेको छ। 

प्रवक्ता गौतमका अनुसार १७ हजार ४७८ कोरोनाका सक्रिय संक्रमित छन्। २४ घण्टामा ९६६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।  कोरोनाले २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११पुगेको छ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif