Tuesday, 25th August, 2026
वि.स.

२४ घण्टामा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

gautam-1593168727.jpg

नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमिततको संख्या ११ हजार सात सय ५५ पुघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार शुक्रबार ५९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार सात सय ५५ पुगेको हो। 

मन्त्रालयका अनुसार शुक्रबार मात्र १०७ महिला र ४८६ पुरुष गरेर ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो । कुल संक्रमितमध्ये १२ सय ४९ महिला र १० हजार पाँच सय ६ पुरुष गरेर ११ हजार सात सय ५५ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार दुई सय ७१  र आरडीटी विधिबाट दुई लाख ९० हजार तीन सय ४९ जनाको नमूना परीक्षण  गरिएको छ।  अहिलेसम्म क्वारेन्टाइन ७१ हजार १२ छन् भने आइसोलेसन ९ हजारको आइसोलेसनमा उपचार भइराखेको छ। शुक्रबार मात्र ४० पुरुष र आठ महिला गरेर ४८ जना डिस्चार्ज भएका छन्। कोरोना जित्नेको संख्या भने जम्मा दुई हजार ६ सय ९८ पुगेको छ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif