Thursday, 20th August, 2026
वि.स.

२१ बर्षीय सविनको शंकास्पद मृत्यु

मकवानपुरको राक्सिराङ गाउँपालिका ८ प्याङ्चे निबासी २१ बर्षीय सविन राना प्रजा (चेपाङ) को शंकास्पद मृत्यु भएको छ । 
माघ ७ गते राति १०ः३० बजे प्याङ्चेको भीरमुनिबाट गम्भीर घाइते अबस्थामा सबिनलाई उद्धार गरी चितवनस्थित मेडिकल कलेज लगिएको थियो । आइतबार दिउँसो भेन्टिलेटरबाट मृत शरीर निकालिएको उनका बावु रामकृष्णले बताए । 

राति ९ बजे नै सुतेका सविनलाई गाउँकै साथीले उठाएर लगेका थिए । त्यसको केही समयपछि नै चारजना मानिसहरुले ‘चोर आयो’ भन्दै लाठी र ढुंगा हानी लखेट्दै भीर छेउमा पु¥याएको र भीरमा लुकेर ज्यान जोगाउन खोजेका छोरालाई माथिबाट ढुंगामुढा गरी झारेर मारेको आरोप उनका बावु रामकृष्णले लगाएका छन् । गम्भीर घाइते भई अस्पतालमा उपचार भइरहँदा गाउँमा भने यसबारे तैँ चुप, मै चुपको अबस्थारहेको थियो । 

सविनलाई स्थानीय एक बालिकामाथि यौन दुव्र्यवहारको आरोप लगाएको पाइएको छ । स्थानीय बासिन्दाका अनुसार दुव्र्यवहार गरेको आरोपमा उनलाई आफन्तले मरणासन्न हुनेगरी कुटपिट गरेको बताइन्छ । तर बालिकामाथि यौन दुव्र्यवहार भयो या भएन भन्ने कुराको पुष्टि हुन सकेको छैन । 

छोरा बचाउनका लागि रामकृष्णले दुईदिन अघि एउटा घर बेचेका थिए । उपचारमा ४ लाखभन्दा बढी खर्च भएको छ । आइतबार अस्पतालले लास दिएपनि पोष्टमार्टम भएको छैन । रामकृष्णले छोराको हत्या भएको भन्दै सोमबार प्रहरीमा जाहेरी दिने बताएका छन् । पढ्नमा राम्रो दख्खल भएका सविन मनहरीस्थित साइबरमा काम गर्थे । उनी मनहरी बहुमुखी क्याम्पसमा अध्ययनरत पनि थिए । उनका आमा मनहरीकै विभिन्न व्यक्तिका घर तथा होटलहरुमा भाँडा माझ्ने र बच्चा स्याहार्ने काम गर्छिन् भने बुवा रामकृष्ण मनहरी विकास संस्था (एमडीआई नेपाल) मा काम गर्छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०