Wednesday, 26th August, 2026
वि.स.

स्वीचयार्ड मर्मतपछि २१ घण्टामा बल्ल बिजुली आयो !

21-hr-1603906052.jpg

मकवानपुर थाहानगरमा अवरुद्ध भएको २१ घण्टापछि विद्युत आपूर्ति भएको छ ।

११ कात्तिक साँझबाट धोर्सिङ स्थित कुलेखानी प्रथमको ६६/११ केभी स्विचयार्डमा आगलागी भएपछि थाहानगरलगायत नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तर्गतका सम्पुर्ण फिडरहरु बन्द भएका थिए । 

स्विचयार्डमा आगलागी हुँदा क्षति भएका ब्रेकरहरुका जलेका केबलहरु मर्मत गरेपछि विद्युत सेवा सुचारु गरिएको वितरण केन्द्र प्रमुख सन्तोष पन्तले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif