Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

१७ वर्षदेखि फराहर प्रहरी पञ्जामा

फरार रहेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । प्रहरीले  मकवानपुर बसामाडीका डिलबहादुर मुक्तान, बसामाडीकै अजित न्यौपाने र पदमपोखरीका बिरबहादुर लामलाई पक्राउ गरेको हो ।
मुक्तान वि.सं. २०५६ सालमा लागु औषध गाँजाको मुद्दामा २ वर्ष कैद र २० हजार जरिवाना तोकेको थियो भने २०६७ सालमा न्यौपानेलाई जवरजस्ती करणीको आरोपमा ६ महिना कैद तोकेको थियो । पक्राउ परेका मध्ये पुनारावेदन अदालतलेनै वि.सं. २०६० सालमा बन्दुरक चोरीको आरोप लागेको थियो ।
उनीहरुलाई सजाय भुक्तानको लागी भिमफेदी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।