Sunday, 23rd August, 2026
वि.स.

१७ को पिसिआर र ६६ जनाको आरडिटी गरिएको थाहानगरका सबैको रिपोर्ट आयो

Thaha-Municipality-1589596521.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रबाट कोरोना शंकास्पद तथा कोरोना संक्रमित जिल्लाबाट आएका १७ जनाको पिसिआर गरिएको छ भने ६६ जनाको आरडिटी गरिएको छ । दुबै विधिबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको पाइएको थाहा नगरपालिका स्वास्थ्य संयोजक मेघराज बलामीले जानकारी दिए । 

थाहा नगरपालिकाले गरेको परीक्षणको दायरा बढाउन स्थानीयहरुले माग गरेका छन् । काठमाण्डौंबाट तराईमा समेत आवतजावत हुने मूल बाटो भएकोले यहाँ कोरोना परीक्षणको दायरा बढाउन स्थानीयहरुले माग गरेका  हुन् । यद्यपि स्वास्थ्य कार्यालयबाट प्राप्त आरडिटी किट प्राप्त भए अनुसार घरघरमै पुगेर परीक्षण भैरहेको नगरपालिकाले जनाएको छ ।पिसिआर गर्नको लागि भने हेटौंडा पठाइएको हो । 

मकवानपुर थाहा नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको छ । यसका लागि अन्यत्रबाट आएका नागरिकहहरुको निगरानी थाहा नगरपालिका अन्तर्गतका डाक्टर सहितको स्वास्थ्यकर्मीहरुले फलोअप तथा दिनदिनै स्वास्थ्य परीक्षण गरिरहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०