Saturday, 22nd August, 2026
वि.स.

१६ दिने महिला हिंसा बिरूद्धको अभियानमा भिमफेदीमा ¥याली

लैङगिक हिँसा विरूद्धमा देशैभरी विभिन्न कार्यक्रम मार्फत दैनिक सचेतना मुलक कार्यक्रम संचालन भइरहँदा मकवानपुरको भिमफेदीमा ¥याली निकालिएको छ । बढ्दै गएको हिंसा न्यूनिकरणका लागि सचेतना जगाउने उद्देश्यले भिमफेदी गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको हो । लैङगिक हिँसात्मक घटनालाई बाहिर ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । 

भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यमा भएको सचेतनामुलक कार्यक्रमका सहभागीहरुको ¥यालीले भिमफेदी बजार परिक्रमा गरेको थियो । कार्यक्रममा जनप्रतिनीधिहरु, स्थानीय संघसंस्था, बित्तिय संस्थालगायतकाको सहभागिता रहेको थियो ।  सहभागीहरुले “बिश्वका महिला एक हुन, अभियानलाई सफल पारौ“ जस्ता सचेतनामुलक नारा लगाएका थिए 

¥याली भिमफेदी बजारको गणेशथान मन्दिरको परिक्रमा गरि गाउँपलिकाको सभा हलमा कोण सभामा परिणत भएको थियो । अभियानको यसवर्षको नारा ‘समानताको पुस्ता, बलाकात्कार विरुद्ध ऐक्यबद्धता’ रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रानाले गाउँपालिकले पनि लैङ्िगक हिंसाको विरुद्धमा सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको बताउँदै महिला मात्र नभई हाम्रो समाजमा बालबालिका र पुरुषहरु पनि हिँसामा पर्न थालेको बताइन् । उनले थपिन्–उनीहरु पनि हिँसामा हुन्छन् तर खुलेर समस्या राख्न सक्दैनन् । ग्रामिण क्षेत्रमा पहिले पनि हिँसाका घटना हुने तर बाहिर नआएको बताउँदै, अहिले मिडियाको सहायताले यस्ता घटनाहरु बाहिर आउन सहज भएको उल्लेख गरिन् । कार्यक्रमकी सहभागी साबित्री बलले महिला र पुरुष दुवैमा हिँसाको व्यवहार त्यागी समान्ताको सृजना गर्नु अहिलेको आवश्यकता रहेको बताइन् । 

कोणसभा गाउँपालिका उपाध्यक्ष पार्वती रानाको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा भिमफेदी गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटा, विद्यालय निरीक्षक कपिलमणी पौडेललगायतकाको आतिथ्यता रहेको थियो । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif