Tuesday, 25th August, 2026
वि.स.

१२ हजार ९ सय थान लागुऔषधसहित ३ जना पक्राउ

pakrau-1599551832.jpg

प्रहरीले गैरकानुनी रुपमा भित्र्याइएको १२ हजार ९ सय  थान लागुऔषध (फर्मास्युटिकल ड्रग्स)सहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मुख्य कारोबारी शंकर खड्का र लागुऔषध बोक्न प्रयोग गरिएको ना ३ ख ९८९ नम्बरको ट्रकसहित विष्णु प्रधान र डम्बर प्रधानलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार विष्णु र डम्बर भक्तपुरको सल्लाघारी र शंकर खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरिएको हो ।

विष्णु र डम्बर गाडीचालक हुन् । लागुऔषध खड्काको घरसम्म पुऱ्याउने जिम्मा विष्णु र डम्बरले लिएको प्रहरीले बताएको छ । बरामद लागुऔषधमध्ये ९ हजार ३ सय थान इन्जेक्सनमा प्रयोग गरिने डाइजेपाम र ३ हजार ६ सय थान नाइट्राजेपाम रहेको छ ।

बरामद लागुऔषध दुर्व्यसनीले ४ हजार ३ सय पटक इन्जेक्सनमार्फत प्रयोग गर्न सकिने प्रहरीले बताएकाे छ  । पक्राउ परेकाहरुमाथि महाशाखाले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसएसपी थापाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif