Wednesday, 8th July, 2026
वि.स.

१२ सय २१ जनामा संक्रमण पुष्टि : १४ को मृत्यु

corona-virous-1598784977.jpg

 पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३४८ महिला र ८७३ पुरुष गरेर २४ घण्टामा १२ सय २१ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार १२ हजार १७ जनाको पीसीआर परीक्षण गर्दा  १२ सय २१ जनामा कोरोना पुष्टि भएको हो।  योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ। 

मन्त्रालयका अनुसार २४ घण्टामा २६७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७२२ पुगेको छ। यो निको हुनेको संख्या ५४ प्रतिशत हो।

अहिले क्वारेन्टाइनमा ७ हजार ७९७ जना रहेका छन्। नेपाल संक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ९०६ जना रहेका छन्।  

२४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २२१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरुषको मृत्यु भएको हो । आइतबार कोरोनाले मृत्यु पुष्टि भएका चार महिलामध्ये सुनसरी ७४, बारा ४७, महोत्तरी ६२ र काठमाडौंकी ७२ वर्षीया महिला रहेका छन् । 

त्यसैगरी सुनसरी ६०, मोरङका ६२, महोत्तरी ७० र ३५, रौतहटका ३०, ललितपुरका २९, भक्तपुरका ६५, नवलपरासीका ६२, रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०