Thursday, 27th August, 2026
वि.स.

१२ लाख ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

thagi-1606829806.jpg

लाखौं रुपैयाँ ठगी गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।

नुवाकोट ककनी गाउँपालिका–४ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३८ वर्षीय शुवास लामालाई प्रहरीले पक्राउ गरेको हो।

लामा विरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा बिगो रु १२ लाख ३० हजार तिर्न आदेश दिएको थियो। सो रकम नतिरी फरार रहेका लामालाई मंगलबार ललितपुरको टिकाथलीबाट नियत्रणमा लिईएको हो। उनलाई आबश्‍यक कारवाहीका लागी काठमाडौं जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif