Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

१०४१ जनामा कोरोना संक्रमण पुष्टि [कहाँ कति संक्रमित हेर्नुहोस ]

corona-Update-1599310854.jpg

पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । उनीहरुमध्ये २८० जनाको मृत्यु भएको छ भने २७ हजार १२७ कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १५६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना छन् ।

यस्तै रुपन्देहीका ७१ जना, बाँकेका ६२, चितवनका ४५, सिराहाका ४१, दाङका ३९, मोरङ र मकवानपुरका ३५/३५ जना, महोत्तरीका २६, कास्कीका २३, लमजुङका २२, सुनसरी र सप्तरीका २०/२० जना, सर्लाही र गोरखाका १७/१७ जना, बझाङका १६, बारा र नवलपरासीका १३/१३ जना, पर्सा र धादिङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापा, धनुषा र बर्दियाका ७/७ जना, काभ्रे, दोलखा, बाग्लुङ र गुल्मीका ६/६ जना, रामेछाप, नवलपुर र कञ्चनपुरका ५/५ जना, कैलालीका ४ जना, उदयपुर, तनहुँ, सल्यान, पाल्पा, जाजरकोट र दैलेखका ३/३ जना, ओखलढुंगा, सिन्धुली, सल्यान र डोटीका २/२ जना तथा इलाम, नुवाकोट, पर्वत, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा र डडेलधुराका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०