Tuesday, 18th August, 2026
वि.स.

होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते

acid-1617007382.jpg

 होली खेल्ने क्रममा झुक्किएर एसिड छ्याप्दा तीन बालबालिका घाइते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर १ स्थित सरस्वती दूध उत्पादन सहकारी संस्थामा राखिएको एसिडलाई पानी सम्झेर छ्याप्दा ३ जना घाइते भएका हुन् ।

एसिड लागेर ९ वर्षीय विशाल तामाङ, ११ वर्षीय सविन तामाङ र १६ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि साँखुको सुश्मा कोइराला मेमोरिय अस्पतालमा राखिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए ।

पानी भनेर एसिड छ्याप्ने २ जना युवकसहित डेरी सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif