Wednesday, 26th August, 2026
वि.स.

होम आइसोलेशनमा रहेका थाहानगरका एक पुरुषको मृत्यू

IMG_20201023_181357-1603456190.jpg

मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ३ का कोरोना भाइरस कोभिड–१९ संक्रमित एक जना पुरुषको गए राति मृत्यु भएको छ । रिपोर्ट अनुसार उनी ४३ वर्षिय पुरूष हुन् ।  ४ कात्तिकमा काठमाडौंस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा कोरोना पुस्टि भएपछि उनी होम आइसोलेसनमा बस्नेगरी थाहानगर फर्किएका थिए । 

करिब २ सातादेखि ज्वरो आएर निको नभएपछि उनी ३ कात्तिकमा उपचारका लागि काठमाडौंस्थित मनमोहन मेमोरियल गएका थिए । अस्पतालमा स्वास्थ्य जाँच गर्दा उनीमा छातीको संक्रमण देखिएको उनका आफन्तले बताएका छन् । भोलिपल्ट पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि आफन्तले अस्पतालकै आइसोलेशन बेडमा बस्न सुझाव दिए पनि उनी घर फर्किएका थिए । 

६ कार्तिक बेलुकाबाट स्वासप्रस्वासमा समस्या देखिएको पारिवारिक श्रोतले बताएको छ । उनको राती साँढे १ बजे डाक्टरले मृत्यु भएको घाषणा गरेका थिए । बिहान जनप्रतिनिधि र प्रहरीको सहयोगमा चनवन व्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले शब व्यवस्थापन गरेको छ । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif