Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौडामा महिला उद्यमीको तीज विशेष कार्यक्रम

मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा १ भदौमा  हेटौंडामा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम समितिकी सभापति निलम पाण्डेको अध्यक्षता तथा महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाहको प्रमुख आतिथ्यतामा भएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले परम्परालाई हामी सबैले परम्परा जोगाउन आवश्यक तर विकृतिलाई हटाउने तर्फ लाग्न अघि बढ्न आग्रह गरेकी छिन् । कार्यक्रममा संघका महासचिव महेन्द्र राउत, सचिव दिवस पराजुली, उज्वल चौलागाई, कासस विष्णु गोपाल महर्जन, हेटौंडा उपमहानगरपालिकाकी गंगा चौलागाई, समितिकी पूर्व सभापति शरिदी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा घरेलु तथा साना उद्योग संघ, महिला समितिकी सभापति सन्तोषी बानियाँ, संघकी सहकोषाध्यक्ष निलम बैद्य, सदस्य काव्यमणी अधिकारी, माधव ज्ञवाली, सञ्चारकर्मी नानीमैया सापकोटा, सपना कँडेल, पश्चिमी क्षेत्र महिला समितिकश्ी सभापति अनिता कर्माचार्य, समितिकी कोषाध्यक्ष कमला श्रेष्ठ, कार्यवाहक पूर्व उपसभापति देवकुमारी ढकाल लगायत महिला समितिका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उपसभापति रवीलक्ष्मी श्रेष्ठले समापन गर्नु भएको कार्यक्रममा विभिन्न क्षेत्रका गरी ११ जना महिला उद्यमीहरु संघको महिला उद्यमी विकास समितिमा प्रवेश गरेका गरेका छन् ।  



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०