Saturday, 22nd August, 2026
वि.स.

हेटौडाको चारै जनामा कोरोना संक्रमण नभएको पुष्टी

korona-1587109907.jpg

हेटौँडा उपमहानगरपालिकाले  ४ वैशाखमा ४९ जनाको आरडीटी परिक्षण गर्दा पोजेटिभ नतिजा देखिएका चारै जनालाई पिसिआर परिक्षणमा  कोरोना नभएको पुष्टी भएको छ ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौँडाको  स्रोतले आरडीटी परीक्षण गर्दा नजिजा पोजेटिभ ( एन्टीबडी पोजेटिभ) देखिएका ३ जना पुरुष र १ जना महिलामा कोरोनाको संक्रमण नभएको जानकारी दिएको छ ।

उपमहानगरले  विहिबार हेटौँडाको बासुदेव सभागृहमा ४९ जनाको आरडीटी परीक्षण गर्दा भारत बिहार घर भइ हाल हेटौंडा–४ आफ्न्तकोमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौँडा–२ का ६७ वर्षीय एक वृद्ध, भारतबाटै फर्किएका हेटौँडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किका ३२ वर्षीय एक युवकको नजिता पोजेटिभ देखिएको थियो ।

नतिजा पोजेटिभ देखिएपछि उनिहरुलाई आइसोलसनमा राखिएको थियो ।उनिहरु चारै जनाको पीसीआर परीक्षण गर्दा कोरोनाको संक्रमण नभएको पुष्टी भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif